रु. ८० हजार पर्ने लागुऔषध बरामद

बाँके, २९ असार ।
बाँकेमा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट (विओपी) कालाबञ्जको टोलीले डुडुवा गाउँपालिका–६ भज्जुपुर्वा गाउँ नजिकैबाट लागुऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरीले करीब ८० हजार मूल्य पर्ने ‘वेलसिरेक्स’ नामक लागुऔषध बरामद गरेको विओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक गोरख सिंह भण्डारीले बताए । उनले आइतवार राती साढे १० बजे दुई सय ३५ बोतल लागुऔषध बरामद गरेको बताए ।
भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि बोरामा ल्याउँदै गरेको लागुऔषध फालेर भागेको उनले बताए । ‘बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ,’ उनले भने ।

Previous articleविद्यालयमा अखिल क्रान्तिकारीको कालो ब्यानर
Next articleलकडाउनमा रक्तदानः सुत्केरीको ज्यान बचाउँदै यूवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here