पाटे बाघको छालासहित एक पक्राउ

बाँके, २० असार ।
बाँके प्रहरीले पाटेबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश नं. ५ प्रहरी ब्युरो, दाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले राप्तीसोनारी गाउँपालिका–१, सिमलघारीका ४६ बर्षिय नवराज घर्तीमगरलाई बाघको छालासहित पक्राउ गरेको हो ।
बाघको छाला आफ्नै घरको मकैबारीमा लुकाई छिपाई राखेको सूचनाको आधारमा खोजतलास गर्दा बारीबाट बाघको छाला र हड्डी बरामद गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए । पक्राउ परेका घर्तीमगरलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

Previous articleआइसोलेशनमा मात्र २३ जना कोरोना संक्रमित
Next articleबिक्रि डाउन भएपछि बाँकेका उद्योगमा एक चौथाई मात्र उत्पादन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here