आइसोलेशनमा मात्र २३ जना कोरोना संक्रमित

फाइल फोटो

बाँके, २० असार ।
बाँकेमा कोरोना निको भएर घर फर्किनेको संख्या बढेपछि यहाँका आइसोलेशन सेन्टर खाली भएका छन् । बाँकेमा फेला परेका तीन सय ६३ कोरोना संक्रमित मध्ये अब ८ महिला र १५ पुरुष गरि २३ जनामात्र आइसोलेशन सेन्टरमा बसिरहेका छन् । यहाँका अधिकांश आइसोलेशन सेन्टर खाली भइसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार हालसम्म तीन सय १५ पुरुष र २३ महिला गरि तीन सय ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनले अहिलेसम्म संक्रमितका ६ जना हेरालु पनि डिस्चार्ज भएका छन् ।
बाँकेमा सात हजार ३९४ जनाको आरटी–पिसिआर विधिबाट कोरोना जाँच गरिएको छ । ति मध्ये तीन सय ६३ जनामा कोरोना पुष्टि भएको छ । आठ हजार पाँच सय ५३ जनाको आरडिटी विधिबाट कोरोना जाँच भएको बताउँदै उनले ति मध्ये तीन सय ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Previous articleक्वारेन्टाइनलाई स्वास्थ्य सामग्री प्रदान
Next articleपाटे बाघको छालासहित एक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here