बालकमाथि धारिलो हतियार प्रहार गर्ने चन्द पक्राउ

स्क्रेच फोटो ।

बाँके, १९ असार ।
खुकुरी प्रहारबाट कोहलपुर नगरपालिका–१३ का एक बालक घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका–९ स्थित आफ्नो मामा घरमा पाहुना पर्न आएका ७ बर्षिय बालकलाई कोहलपुर–१३ का ३४ बर्षिय विजय चन्दले धारिलो हतियार प्रयोग गरि घाइते बनाएको बाँके प्रहरीले जनाएको छ ।
मध्यन्ह १२ बजेको समयमा धारिलो हतियार प्रयोग गर्ने चन्दलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले नियन्त्रणमा लिएको छ । घाइते बालकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

Previous articleतलव माग्दै सडकमा शिक्षक
Next articleक्वारेन्टाइनलाई स्वास्थ्य सामग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here