क्वारेन्टाइनलाई स्वास्थ्य सामग्री प्रदान

बाँके, १९ असार ।
बाँके युनेस्को क्लवले बाँकेका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालले प्रदान गरेको स्वास्थ्य सामग्री बाँके युनेस्को क्लब कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
कोभिड–१९ विरुद्धको अभियानलाई सशक्त बनाउन उक्त स्थानीय तहमा रहेका क्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । उनले सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालले क्लबलाई प्रदान गरेको सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको बताए ।
क्लबका उपाध्यक्ष पञ्चम गुरुङले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई छुट्टाछुट्टै कार्यक्रमका वीच हस्तान्तरण गरे ।
स्वास्थ्य सामग्री बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख रावतले यस्तो महामारीको विषम परिस्थितिमा स्वास्थ्य सामग्रीले महत्वपूर्ण सहयोग गर्ने बताए । बैजनाथ गाउँपालिकाका अध्यक्ष रुचालले कोभिड–१९ विरुद्धको अभियानलाई सफल पार्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गैरसरकारी संस्थाको भूमिका अहम रहेको बताए ।
बैजनाथ गाउँपालिकाका ६ वटा क्वारेन्टाइनका लागि हात धुने ट्यांकीसहितको सेट ६ वटा, ५७१ हाइजिन किट, ३० वटा पीपीई सेट, डिग्निटि किट सय वटा र बकेट मग तथा सरसफाईका अन्य सामग्री हस्तान्तरण गरिएको क्लवका संरक्षक सिद्दिकीले बताए ।

Previous articleबालकमाथि धारिलो हतियार प्रहार गर्ने चन्द पक्राउ
Next articleआइसोलेशनमा मात्र २३ जना कोरोना संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here