रित्तिदै बाँकेका क्वारेन्टाइन

नेपालगन्जको जयसपुरस्थित एकीकृत जाँच चौँकी (आइसीपी) मा निर्माण गरिएको क्वारेन्टाइन । फाइल तस्वीर

बाँके, १२ असार ।
बाँकेका स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदै गएको छ । बाँकेमा रहेका एक सय १४ वटा क्वारेन्टाइनमा हाल ६८१ पुरुष र १३५ महिला गरि ८१६ जनामात्र क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । बाँकेमा रहेका ५० प्रतिशत भन्दा थोरै क्वारेन्टाइनमा मात्र मान्छे रहेको उनले बताए ।
उनले हालसम्म १० हजार ६२४ जना क्वारेन्टाइनमा बसेर घर फिर्ता भएको बताए । यहाँको क्वारेन्टाइनमा रहेका आठ हजार ८४२ जनाको आरडिटी जाँच गरिएको छ । भने, दुई सय ६९ जनालाई आरडिटी परीक्षण नगरि घर पठाइएको छ ।
बाँकेका क्वारेन्टाइनमा ६ हजार २०८ वटा बेड भएको ब्यवस्था छ । ‘भारतबाट आउनेको संख्यामा कमी आएसँगै क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएको छ,’ श्रेष्ठले भने ।
बाँकेमा तीन सय ५० जना कोरोना संक्रमित फेला परेका छन् । भने, दुई जनाको मृत्यु भएको छ । पिसिआरका लागि ६ हजार ७५१ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार एक सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए । ‘संकलन भएका स्वाब मध्ये दुई सय १९ वटा स्याम्पलको जाँच प्रक्रियामा रहेको छ,’ उनले भने ।
बाँकेमा हालसम्म १९ महिला र दुई सय ७४ जना पुरुष कोरोना संक्रमित निको भएर घर फर्किएको बताउँदै ६४ जना कोरोना संक्रमितले आइसोलेशन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरिरहेको जानकारी दिए । श्रेष्ठले भने, ‘आइसोलेशन सेन्टरमा रहेका सवैको स्वास्थ्य अवस्था सन्तोषजनक छ ।’

Previous articleबाणिज्य बैंकका शाखा प्रवन्धक शाही किन पक्राउ परे ?
Next articleमृतकका परिवारको दुखेसोः सामाजिक लाञ्छनाले पीडामाथि पीडा दियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here