बाँके, ११ असार ।
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेले लकडाउन अवधिलाई शुन्य समय मानेर यस अवधिभरको तिर्नुपर्ने सम्पूर्ण कर छुट गर्न सरकारसँग माग गरेको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजी क्षेत्र मध्ये सिलाई व्यवसाय झनै प्रभावित भएको हँुदा कर तिर्न सक्ने अवस्था नरहेका बेला राहत दिनुको सट्टा सरकारले लकडाउन जारी रहेकै बेला कर तिर्न गरेको ताकेताले हतोत्साहित र मर्माहत बनाएको संघले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत संघीय सरकारका अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै संघले पेशा संचालन गर्न लिएको बैँक ब्याज तथा करमा बिशेष छुटको व्यवस्था गर्न सरकारसँग माग गरेको संघका अध्यक्ष शालिकराम नगबागले बताए ।
उनले लकडाउन अवधि भरको घर भाडा मिनाहा वा छुटको व्यवस्था गर्न अर्थ मन्त्रीसँग माग गरिएको बताए । सिलाई ब्यवसायमा संलग्न रहेका सबै सिलाई मजदुरको दैनिक जिवन निर्वाहको लागि विषेश राहतको ब्यवस्था गर्न पनि संघले माग गरेको छ । बैँक व्याज छुट गरि किस्ता तिर्ने समय सिमा आगामी माघ महिनासम्म बनाउन संघले माग गरेको छ ।

लकडाउन अवधिमा समस्त उद्योगी, व्यवसायीले धैर्यतापूर्वक कोरोना रोक्ने सरकारको काममा नागरिककातर्पmबाट पुरा गर्नुपर्ने दायित्व जिम्मेवारपूर्वक निर्वाह गरेको बताउँदै हालसम्मको सहनशिलता र धैर्यतालाई कमजोरीका रुपमा नहेर्न सरकारसँग अनुरोध गरेको छ । ‘हालकै शैलीका लकडाउन पालना गर्न धैर्य र समयमता निजीक्षेत्रसंँग अब नरहेको प्रष्ट पार्न चाहन्छौँ,’ संघका अध्यक्ष शालिकराम नगबाग र सचिव मोहम्मद मोहसिन हल्वाई द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
आफ्नो पसल, व्यवसायमा ताला लगाएर घरमा बसेका व्यवसायीलाई कर तिर्न आदेश दिनुले सरकार निजीक्षेत्र प्रति जिम्मेवार छैन भन्ने स्पष्ट भएको सचिव हल्वाईले बताए । उनले ब्यवसायीको माग सुनुवाई नभए यसको विकल्प खोजिने बताए ।