डुडुवाद्वारा ३६ बुँदे नीति तथा कार्यक्रममा रु. ५६ करोड बजेट सार्वजनिक

दुई वटा विधेयक पारित

बाँके, असार १० ।
डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको बुधबार बसेको सातौँ गाउँसभाले दुई वटा विधेयक, ३६ बुँदे नीति तथा कार्यक्रम र रु. साढे ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद, बन तथा बाताबरण, विकास निमार्ण लगायतका ३६ बुँदे महत्वपूर्ण नीती तथा कार्यक्रम प्रस्तुत गरे ।
गाउँपालिकाको १ नंं. देखि ६ नंं. वडामा क्रमशः सडक विस्तार र स्तरोन्नती, १५ शैयाको अस्पताल निमार्ण, फोहरमैला तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक, धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरिय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन, घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक, एकल महिला, तथा पीछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, हेलीप्याड निमार्ण, एफएम सञ्चालनको सम्भाव्यता अध्ययन, घरघरमा स्वास्थ्य, घरघरमा एसइइ, घरदैलोमा पशु सेवा तथा उपचार, कन्या मुद्दती शिक्षा योजना लगायत कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत गरे ।
यसैगरि अध्यक्ष चौधरीले आर्थिक बर्ष २०७७÷०७८ का लागि रु. ५६ करोड ५७ लाख ५ हजार ३४४ को बजेट प्रस्तुत गरेका छन् । संघीय सरकार, प्रदेश सरकार, गाउँपालिकाको आन्तरिक स्रोत अन्तर्गत बजेट विनियोजन गरिएको उनले बताए ।


सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन विधेयक २०७७ र डुडुवा गाउँपालिकाको आर्थिक विधेयक २०७७ प्रस्तुत गरिन् । प्रस्तुत दुई वटा विधेयक र निति, कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको छ ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाँ, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमण कोभिड १९ को बेला सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।

Previous articleकोहलपुरको नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि प्राथमिकता
Next article‘समृद्ध राप्तीसोनारीको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पूर्वाधार’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here