बाँके, १० असार ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको प्रमुखमा महेश चन्द आउने भएका छन् । बर्दिया जिल्ला खेलकुद विकास समितिको प्रमुखको जिम्मेवारी सम्हालिरहेका चन्दलाई राष्ट्रिय खेलकुद परिषदले निमित्त प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी तोकेको हो ।
उनलाई परिषदको सदस्य सचिवस्तरिय निर्णय अनुसार निमित्त प्रमुखको जिम्मेवारी दिइएको परिषदका प्रशासन शाखाका विभागिय कुलबहादुर थापाले बताए । उनलाई अर्को ब्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्न एक साताभित्र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जमा हाजिर हुने चन्दले बताए । ‘परिषदले दिएको जिम्मेवारी पूरा गर्न एक साताभित्र नेपालगन्ज आउँदैछु,’ उनले भने ।