बाँके, १० असार ।
इलाका प्रहरी कार्यालय जमुनाहले करिव अढाई लाख मुल्य पर्ने नौँ थान मोबाइल सेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) विष्णु गिरी नेतृत्वको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरका २० बर्षिय शमसाद अन्सारीलाई मोवाइल सेटसहित पक्राउ गरेको हो ।
प्रहरीले अन्सारीको साथमा रहेको भिभो वाई–१२ मोडलको मोवाइल तीन थान, भिभो वाई–१५ मोडलको एक थान र भिभो वाई–११ मोडलको एक थान, रिडमी नोट–८ प्रो चार थान मोवाइल सेट बरामद गरेको छ ।
उनी लामो समयदेखि भारतबाट चोरी बाटो हुँदै मोबाइल तथा इलेक्ट्रोनिक्स सामान ओसार पसार गर्दै आएको गोप्य सूचनाको आधारमा निगरानी गरेको बताउँदै सई गिरीले मोवाइल ल्याइरहेको सूचनाको आधारमा अन्सारीलाई पक्राउ गर्न सफल भएको बताए ।