बाँके, ८ असार ।
भर्खरै कार्यभार सम्हालेका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले अपराधिक क्रियाकलाप नियन्त्रण पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अपराधिक क्रियाकलापमा संलग्नमाथि कठोरताका साथ कदम चालिने बताए । प्रहरी प्रमुख भएर आएपछि पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले अपराधीको कुनै जात, धर्म, लिङ्ग नहुने बताउँदै अपराधिलाई तह लगाएर छाड्ने दावी गरे ।
उनले अपराध नियन्त्रणका लागि १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान रुपमा सेवा प्रदान गर्ने जिकिर गर्दै एसपी राणाले प्रहरी सेवालाई नागरिकमुखी बनाइने बतए । ‘खुल्ला सीमामा हुने अपराध, चोरी पैठारी नियन्त्रण, घरेलु मदिरा, यौनजन्य ब्यवसाय, जुवातास, लुटपाट र कालोबजारी नियन्त्रण मेरो पहिलो प्राथामिकता हो,’ उनले भने ।
यसैगरि, संगठित अपराध तथा गुण्डागर्दी नियन्त्रण, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन नियन्त्रणमा जोड दिने बताउँदै एसपी रानाले लागुऔषध दुव्र्यसन तथा ओसारपसार चुनौतिका रुपमा रहेको स्पष्ट पारे ।