डुडुवा गाउँपालिका कार्यालय भवन शिलान्याश

बाँके, ८ असार ।
डुडुवा गाउँपालिकामा १३ करोड २६ लाख रुपैँया लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्याश गरेका छन् ।
भवनको शिलान्याश गर्दै अध्यक्ष चौधरीले निमार्ण हुन लागेको भवनले गाउँपालिकाको काम काजमा सहयोग गर्ने बताए । उनले संस्थालाई संस्थागत, दिगो र प्रभावकारी बनाउन आधुनिक कार्यालय भवन आवश्यक भएको बताए ।
उनले गाउँपालिका भवन निमार्णको यो ठुुलो परियोजना भएको भन्दै निमार्ण कम्पनीलाई तोकिएको अवधीभित्र निमार्ण कार्य सम्पन्न गर्न र गुणस्तरियता कायम गर्न अनुरोध गरे ।
शिलान्याश कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा नं. ३ का अध्यक्ष भण्डारीलाल यादव, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, लगायत अन्य जनप्रतिनिधी तथा कर्मचारीको सहभागिता रहेको थियो ।
वडा नं. ३ बनकट्टीस्थित २० कठठा जग्गामा १३ करोड २६ लाख रुपैँया लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण हुनेछ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको ठूलो सेमिनार हल, सोनो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम रहने भएको छ । भवनको माथिल्लो तलामा जानका लागि लिफ्टको ब्यवस्था गरिने प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।
दुई वर्षभित्र भवन तयार गर्ने सम्झौता भएको छ । भवन निर्माणको जिम्मा रोयल कन्सट्रक्सन धनगढीले पाएको छ ।
भवन निमार्णका लागि ६ करोड संघीय सरकार र करिब तीन करोड बढी जिल्ला समन्वय समिति बाँकेले अनुदान सहयोग गर्ने भएको छ । भने, बाँकी रकम गाउँपालिकाले ब्यहोर्न प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए ।

Previous articleखेलकुद पत्रकारलाई माक्स र सेनिटाइजर प्रदान
Next articleजानकीको प्राथमिकतामा कृषि, स्वास्थ्य र शिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here