शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी थप एक महिलामा कोरोना पुष्टि

कोहलपुर (बाँके), ३ असार ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी अर्की महिलामा पनि कोरोना पुष्टि भएको छ । शिक्षण अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका–६, बाँकेकी ४६ बर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको १२ घण्टा बित्न नपाउँदै लम्की–चुहा नगरपालिका–२, कैलालीकी अर्को महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनको मंगलवार राती ११ बजे मृत्यु भएको बताउँदै उनले मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको श्रेष्ठको भनाई छ । उनको मंगलवार दिउँसो स्वाब लिइएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।
टाउकोमा चोट लागेर घाइते महिलालाई ३१ जेठमा उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । उनको पनि आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधीमा शिक्षण अस्पतामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
उनको शव शिक्षण अस्पतालको शव गृहमा राखिए छ । जनस्वास्थ्य मन्त्रालयबाट आधिकारिक पुष्टि भएपछि शव ब्यवस्थापन गरिने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका उप–निर्देशक नितेश कनोडियाले जानकारी दिए ।

Previous articleशिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
Next articleबाँकेमा कोरोना संक्रमित ब्यक्तिको शव ब्यवस्थापनमा समस्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here