बाँकेमा कोरोना संक्रमित ब्यक्तिको शव ब्यवस्थापनमा समस्या

कोहलपुर (बाँके), ३ असार ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा समस्या देखिएको छ । नरैनापुर गाउँपालिका–५, मटेहियास्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा मृत्यु भएका युवकको शव एक्जाभेटरले उठाएर लगेको थियो । तर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी बैजनाथ गाउँपालिका–६, बाँकेकी महिलाको शव ब्यवस्थापनमा पनि समस्या देखिएको छ ।
शव बहान नहुँदा शव ब्यवस्थापनमा समस्या भएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए । शव बहान खोज्दा पनि नपाएको बताउँदै उनले शव बहान नपाएपछि आफूले प्रयोग गर्दै आएको सवारी साधन शव ब्यवस्थापनका लागि दिएको बताए । ‘विपद ब्यवस्थापन समितिले शव बाहनको ब्यवस्था गर्न नसकेपछि आफैले प्रयोग गर्दै आएको गाडी शब ब्यवस्थापनका लागि दिएँ,’ उनले भने ।


शव ब्यवस्थापनमा लापरबाही गरेको भन्दै बैजानाथ गाउँपालिकाका सर्वसाधारणले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले कोरोनाका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनका लागि जिल्लास्थित सरोकारवाला निकायले बेलैमा ध्यान दिनुपर्ने बताए ।
शव ब्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले पनि कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापनका लागि शब बाहन नएको बताएको छ । नेपाली सेनाको भैरव दल गणका गणपति नकुल थापाले शव ब्यवस्थापनमा खटिने सैनिकका लागि सामग्री अभाव नभए पनि शब बाहन नभएको बताए ।
योसँगै शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका कोरोना संक्रमितको संख्या तीन पुगेको छ । भने, बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

Previous articleशिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी थप एक महिलामा कोरोना पुष्टि
Next articleमृत्युपछि मात्र कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी त्रसित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here