शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

बाँके, २ असार ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ । फोक्सोमा समस्या देखिएपछि गत ३० जेष्ठमा अस्पताल भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलामा मृत्यु पछि कोरोना पुष्टि भएको हो ।
उनको सोमवार बेलुकी मृत्यु भएको र कोरोनाको रिपोर्ट मंगलवार दिउँसो आएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । उनको ३० जेष्ठमा स्वाब संकलन गरिएको थियो ।

Previous articleमनसुन सक्रिय, तीन दिन झरी पर्ने सम्भावना
Next articleशिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी थप एक महिलामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here