सिक्टा ब्यारेजको पुलबाट ट्याक्टर खस्दा एक अझैँ बेपत्ता

बाँके, १ असार ।
सिक्टा ब्यारेजको पुलबाट राप्ती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा निर्माण भएको ब्यारेजको पुलबाट ट्याक्टर खस्दा चालकसहित दुई जना बेपत्ता भएका मध्ये राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका २६ बर्षिय पूर्णबहादुर थारुको शव फेला परेको हो ।
काठमाडौँमा मजदुरी गर्ने उनी लकडाउनकै बेला घर आएका थिए । ठेकेदारले पठाई दिएको रुपैँया झिक्न अगैयास्थित बैंकमा आउने क्रममा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
खोलाजन्य बस्तु ओसार पसारमा प्रयोग भएको ना ७ त ५१८ नं. को ट्याक्टर सोमवार दिउँसो ब्यारेजको पुलबाट सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरकै १७ बर्षिय सुनिल थारु अझैँ बेपत्ता छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले दिनभर बेपत्ताको खोजी गरे पनि फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

Previous articleप्रदेश ५ मा ३६ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित)
Next articleराष्ट्रियताको विषयमा आपत्तिजनक अभिव्यक्ति दिने सरिता गिरीको सांसद पद संकटमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here