पुलबाट ट्याक्टर खस्दा बेपत्ता मध्ये एक जनाको शव फेला

अगैया (बाँके), १ असार ।
राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका दुई मध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरको टोलीले राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका २६ बर्षिय पूर्णबहादुर थारुको शव फेला पारेको हो ।
खोलाजन्य बस्तु बोकेको ना ७ त ५१८ नं. को ट्याक्टर पुलबाट सय मिटर तल नदीमा खसेको प्रहरीलाई उदृढ गर्दै बैजापुरबाट पत्रकार हेमन्त चौधरीले जानकारी दिए ।
ट्याक्टर खस्दा ट्याक्टर चालक राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका १७ वर्षिय सुनिल थारु बेपत्ता छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

फोटो सौजन्यः हेमन्त चौधरी ।
फोटो सौजन्यः हेमन्त चौधरी ।

Previous articleमोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Next articleघरबहाल र राजश्व छुट गर्न उद्योग बाणिज्य संघको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here