रुकुम घटनाका आरोपीलाई कारवाहीको माग गर्दै नेपालगन्जमा प्रदर्शन

बाँके, ३२ जेष्ठ ।
रुकुम घटनामा संलग्नलाई कानुन बमोजिम कारवाहीको माग गर्दै आइतवार नेपालगन्जमा प्रदर्शन भएको छ । दलितसँग सम्बन्धित विभिन्न संघसंस्था र अगुवाको सहभागिता रहेको प्रदर्शनमा सहभागीले रुकुम घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरे ।
दोषीलाई पक्राउ गरिए पनि मुद्दा दायर गर्न ढिलाई भएको बताउँदै उनीहरुले दोषीलाई कानुन बमोजिम कारवाही र निर्दोषलाई निशर्त रिहाईको माग गरे । विपि चोकबाट सुरु भएको प्रदर्शन गणेशमान चोक, चारवाहिनी, भेरी अस्पताल, जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चोक हुँदै पुनः विपि चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा नेकपाका नेता एवम् संविधानसभा सदस्य दलबहादुर सुनारले रुकुममा भएको घटना अमानविय भएको बताउँदै जातियताको आधारमा गरिने विभेदले दलित समुदायलाई थिचेको बताए । उनले दोषि उपर कानुनी कारवाही गर्न सरकारसँग माग गरे । ‘जातियताको आधारमा गरिने विभेद कुनै पनि हालतमा क्षम्य हुँदैन,’ उनले भने ।


उनले जातियताको आधारमा गरिने विभेद अन्त्यका लागि संविधानमा उल्लेख भए पनि सामाजिक रुपमा अन्त्य हुन नसकेको बताए । रुकुम घट्ना संलग्नलाई कानुन बमोजिम कारवाही नभए सडक र सदनमा आन्दोलन गर्ने चेतावनी दिए । ‘नेपालमा लोकतन्त्र आयो, तर दुर्भाग्य लोकतन्त्रको अनुभूती दलित समुदायले अहिले पनि गर्न सकेको छैन,’ पूर्व सिचाइँ राज्यमन्त्री समेत रहेका सुनारले भने ।
कोणसभामा संविधान सभाका सदस्य आशा विकले रुकुम घटना जातियताका आधारमा भएको बताइन् । उनले जातियताको आधारमा विभेद गर्नेलाई राज्यले कारवाही नगरे दलित समुदाय सशक्त आन्दोलन गर्न तयार रहेको बताइन् । सो अवसरमा जनता समाजबादी पार्टीका केशव नेपालीले पनि बिचार राखेका थिए ।

Previous articleकोरोनाले थला परेको नरैनापुर कोरोना मुक्त
Next article१७ जना संक्रमित घर फर्किए, दुई जना थपिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here