१७ जना संक्रमित घर फर्किए, दुई जना थपिए

बाँके, ३२ जेष्ठ ।
डुडुवा गाउँपालिका अन्तर्गत विभिन्न आइसोलेशन केन्द्रमा रहेका आइतवार र सोमबार गरि १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डुडुवा गाउँपालिका–१, सन्तलियास्थित आइसोलेशनबाट आइतवार १० जना र शनिववार शाहपुर्वास्थित आइसोलेशनबाट सात जना निको भएर घर फर्किएका छन् । योसँगै डुडुवामा २५ जना संक्रमित निको भएर घर गएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
आइसोलेशनमा रहेका सवैको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार संक्रमितलाई घर पठाइएको अध्यक्ष चौधरीले बताए । उनीहरु सबैलाई गाउँपालिका अध्यक्ष चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले विदाई गरे ।
आइतवार थप दुई जनामा कोरोना पुष्टि
यसैगरि, डुडुवामा आइतबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । डुडुवा गाउँपालिका वडा नं. १ का १९ वर्षिय पुरुष र वडा नं. ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालको रिपोर्टमा उल्लेख छ ।
संक्रमित दुबै जनालाई पालिकाको ४ नं. स्थित आधारभूत विद्यालय शाहपुर्वाको आइसोलेशन वार्डमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।

Previous articleरुकुम घटनाका आरोपीलाई कारवाहीको माग गर्दै नेपालगन्जमा प्रदर्शन
Next articleनेपालगन्जसँग जोडियो नरैनापुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here