बाँकेमा कति जना कोरोना संक्रमित निको भए ?

फाइल तस्वीर

बाँके, ३२ जेष्ठ ।
बाँकेका एक सय ९४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न आइसोलेशनमा स्वास्थ्य लाभ गरि उनीहरु घर फर्किएका हुन् ।
आइसोलेशनबाट १३ जना कोरोना संक्रमित महिला पनि निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनले हाल ६ जना महिलासहित एक सय २६ जना विभिन्न आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको बताए । कोरोनाका कारण एकजनाको मृत्यु भएको उनले बताए ।
श्रेष्ठले दिएको जानकारी अनुसार, बाँकेमा ६ हजार ४१ जनाको आरडिटीबाट कोरोना जाँच गरिएको छ । ति मध्ये दुई सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरि, पिसिआर विधिबाट कोरोना जाँचका लागि पाँच हजार ५३ जनाको स्वाब संकलन गरिएको छ । ति मध्ये एक सय ५० जनाको रिपोर्ट आउन बाँकी छ भने तीन सय २५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Previous articleआठ जना कोरोना संक्रमित घर फर्किए
Next articleपहिरोमा परि मृत्यु हुनेको संख्या पाँच पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here