पहिरोमा परि मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं, जेष्ठ ३२ ।
पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।
पहिरोमा परि अझैँ चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको पर्वत प्रशासनले जनाएको छ । भारी बर्षा भएपछि शनिबार पहिरो गएको थियो ।

Previous articleबाँकेमा कति जना कोरोना संक्रमित निको भए ?
Next articleकोरोनाले थला परेको नरैनापुर कोरोना मुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here