आठ जना कोरोना संक्रमित घर फर्किए

फाइल फोटो

बाँके, ३२ जेष्ठ ।
डुडुवा गाउँपालिकाको आइसोलेशनमा रहेका आठ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डुडुवा गाउँपालिका वडा नं. ४ शाहपुर्वा क्वारेन्टाइनमा रहेका आठ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औँ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गरे । डुडुवा गाउँपालिकामा कुल २५ जना कोरोना संक्रमित रहेका छन् । आठ जना घर फर्किएपछि अहिले १७ जना आइसोलेशन सेन्टरमा छन् ।

Previous articleखुल्दै नरैनापुर (फोटो फिचर)
Next articleबाँकेमा कति जना कोरोना संक्रमित निको भए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here