बाँके, ३० जेष्ठ ।
राप्तीसोनारी गाउँपालिका–४, बैजापुरस्थित स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सुरु भएको छ । गाउँपालिकाले स्वास्थ्य चौकीमा एमविविएस डाक्टर नियुक्त गरेपछि स्वास्थ्य चौकी बैजापुरमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको हो ।
स्वास्थ्य चौकीमा कोहलपुर स्थायी घर भएका डा. गोविन्दप्रसाद थारुको समुहले विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले चिकित्सक नियुक्तीसँगै स्वास्थ्य चौकीमा १५ बेडको अस्पताल समेत सुरु भएको बताए ।
बैजापुरमा अस्पताल सुरु भएपछि राप्तीसोनारीका बासिन्दालाई उपचारका लागि नेपालगन्ज र कोहलपुर जान नपर्ने बताए । ‘स्वास्थ्य चौकीमा ल्याव संचालनमा छ । निकट भविष्यमा एक्सरे सेवा पनि संचालनमा ल्याउँछौँ,’ अध्यक्ष थारुले भने ।
उनले अस्पतालका लागि भवन अभाव भएको बताउँदै हालका लागि स्वास्थ्य चौकी भवनमा अस्पताल संचालन गर्ने र आगामी आर्थिक बर्षमा अर्को भवन तयार गरिने स्पष्ट पारे ।
यसैवीच, झण्डै डेढ बर्षपछि नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रले पनि एमविविएस डाक्टर पाएको छ । सरकारले डा. सागर पन्तलाई काममा खटाएपछि प्राथमिक स्वास्थ्य केन्द्रले विशेषज्ञ डाक्टर पाएको हो ।
छात्रवृत्ति करार अन्तर्गत डा. पन्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर भई जिम्मेवारी सम्हालेको गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक शाहले बताए । झण्डै एक बर्ष लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चकित्सकसँगै औषधी अभाव रहँदै आएको छ । विशेषज्ञ डाक्टर नभएका कारण नरैनापुर क्षेत्रका विरामी भारतीय अस्पतालमा भर पर्दै आएका छन् । ‘नरैनापुरबासीलाई उपचारका लागि भारत जानुपर्ने बाध्यता हालका लागि टरेको छ,’ अध्यक्ष शाहले भने ।