मृतक युवकका परिवारलाई क्रिया खर्च बापत ५० हजार प्रदान

घर बनाउन गाउँपालिकाले तीन लाख दिने, ब्यक्तिगत ५० हजार सहयोग गर्ने अध्यक्ष शाहको घोषणा

नरैनापुर (बाँके), जेष्ठ ३० ।
कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । युवकको घर नयाँ बस्ती पुगेर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेका हुन् ।
मृतक युवकका बुवा, आमा र श्रीमतीलाई चेक हस्तान्तगरण गर्दै उनले घर निर्माणका लागि तीन लाख दिने निर्णय भएको बताए । बालबच्चाको पठन पाठनका लागि ब्यक्तिगत रुपमा ५० हजार रुपैयाँ दिने अध्यक्ष शाहले घोषणा गरे ।
पीडित परिवारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताए । ‘घटनाले हामी सबैको मन रुवाएको छ, यो दुःखको घडीमा मनलाई सम्हाल्नुस्, म हरेक पल तपाईंहरुसँगै छु,’ अध्यक्ष शाहले भने, ‘अब यी दुई बालबच्चाको भविष्य राम्रो बनाउन म हरपल सहयोग गर्न तत्पर छु ।’
अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुल लगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गरेका छन् । त्यस अवसरमा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका योजना शाखा प्रमुख विजय यादव, प्रशासन प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायत सहभागी थिए ।
गत ४ जेठको विहान क्वारेन्टाइनमै बसेका बेला नयाँ बस्तीका २५ बर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दीपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए ।

Previous articleबैजनाथका सात जनाले जिते कोरोना
Next articleबैजापुर र नरैनापुरमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here