बाँकेका क्वारेन्टाइन कोरोना प्रजनन् केन्द्र

नरैनापुर गाउँपालिका–५, मटेहियास्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनबाट सारिएका सर्वसाधारण । फाइल फोटो

बाँके, २८ जेठ ।
बाँकेका क्वारेन्टाइन कोरोना प्रजनन् केन्द्रको रुपमा देखिएका छन् । क्वारेन्टाइनलाई ब्यवस्थित बनाउन नसक्दा एउटै क्वारेन्टाइनमा बसेका १७ जनामा कोरोना देखिएको छ । नरैनापुर गाउँपालिका–५, मटेहियास्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ३७ मध्ये एकै पटक १७ जनामा कोरोना पुष्टि भएको थियो । सोही क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु समेत भयो । मृत्युपछि पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित सामुदायिक बन क्वारेन्टाइनमा बसेका पाँच जना मध्ये तीन जनामा कोरोना देखिएको थियो । त्यसैगरि, नरैनापुरको जयकिसान मावि क्वारेन्टाइनमा बसेका ६० मध्ये एकै पटक १४ जनामा कोरोना पुष्टि भएको थियो ।
नरैनापुर गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटिया क्वारेन्टाइनमा रहेका मध्ये १३ जनामा कोरोना पुष्टि भएको थियो । भने जानकी गाउँपालिका–१ मा रहेका विभिन्न क्वारेन्टाइनमा रहेका मध्ये ४० जनामा एकै पटक कोरोना पुष्टि भएको छ । ती सवैलाई एउटै आइसोलेशन सेन्टरमा राखिएको छ ।
बुधवार सार्वजनिक भए अनुसार कोहलपुरको ज्ञानज्योती क्वारेन्टाइनको एउटै कोठामा बसेका तीन जनामा पनि कोरोना देखिएको छ । एउटा कोठमा बसेका पाँच जना मध्ये तीन जनामा कोरोना देखिएको नगर प्रमुख लुटबहादुर रावतले बताए । आरडीटी रिपोर्ट पोजेटिभ आएका युवाको स्वाब भेरी अस्पतालको प्रयोगशालामा पिसिआर प्रविधीबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको बताए ।
ज्ञानज्योती माविको क्वारेन्टाइनमा बसेका कोहलपुर नगरपालिका–१२ का दुई जना संक्रमितको उमेर १८ र एक जनाको २२ बर्षका छन् । तीन जना नै भारतबाट आएका हुन् । १३ दिन क्वारेन्टाइनमा बसेपछि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो ।
तीन जनामध्ये एक जनाको आरडीटी पोजेटिभ आएपछि उनीसँगै एउटै कोठामा बसेका अन्य चार जनाको २१ जेष्ठमा स्वाब संकलन गरि परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले बताए । कोहलपुरमा आरडीटी पोजेटिभ आएका थप ६ जनाको रिपोर्ट आउन अझैैँ बाँकी छ ।
योसँगै बाँके कोरोना संक्रमितको संख्या दुई सय ८२ पुगेको छ । १९ वैशाखमा पहिलो पटक नेपालगन्जका ६० वर्षिय पुरुषमा पहिलो संक्रमण देखिएको थियो ।

खजुरा गाउँपालिका–२ स्थित योगिनी मावि क्वारेन्टाइनमा रहेका यूवा सामुहिक फोटो खिचाउँदै ।
Previous articleपिसिआर विधिबाट कोरोना जाँच गर्न माग
Next articleआजदेखि कुन–कुन सेवा खुल्छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here