लकडाउन अवधीभर दुई सय ५४ बोत्तल कोरेक्स बरामद

बाँके, २९ जेठ ।
लकडाउन अवधिभर बाँके प्रहरीले दुई सय ५४ बोत्तल कोरेक्स र एक किलो चरेश बरामद गरेको छ । प्रहरीले कोरेक्स ओसारपसार गर्ने पाँच जना महिला र चरेशको कारोवारमा संलग्न दुई जना महिलालाई पक्राउ गरेको जनाएको छ ।
बरामद गरेको कोरेक्स र चरेश जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीको रोहवरमा विहीवार जिल्ला प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको बाँके प्रहरीका मुद्धा फाँट इन्चार्ज ह्रदेश सापकोटाले जानकारी दिए ।
लकडाउनको समयमा अरु कारोवार नभए पनि लागुऔषधको कारोवार नरोकिएको प्रहरी अनुसन्धानले देखाएको छ । लकडाउनका बेला लुकिछिपी भारत जाने र उताबाट कोरोक्स लगायत अन्य लागुऔषध लिएर आउने गरेको घटनाले प्रष्ट पारेको छ ।

Previous articleआजदेखि कुन–कुन सेवा खुल्छन् ?
Next articleयस बर्षको एसईई परीक्षा स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here