बाँके, जेष्ठ २९ ।
पश्चिम रुकुमको सोतीमा भएको घटनाको विरोधमा नेपालगञ्ज उप–महानगरपालिकाका दलित जनप्रतिनिधीले विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । कार्यपालिका सदस्य देउमल सुनारको अध्यक्षतामा बिहीवार भएको निर्वाचित दलित जनप्रतिनिधीको बैठकले आइतबार नेपालगञ्जमा विरोध प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।
कार्यपालिका सदस्य कौशलकुमार धोवीले रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही र पीडित परिवारलाई न्यायका लागि विरोध प्रदर्शन गर्न लागिएको बताए । कार्यपालिका सदस्य मञ्जु नेपालीले प्रदर्शनमा ऐक्यवद्धताका लागि सबैमा आग्रह गरिएको बताइन् ।