बैजनाथका सात जनाले जिते कोरोना

बाँके, २९ जेष्ठ
बैजनाथ गाउँपालिका अन्तरगत बनकटुवा आइसोलेशन सेन्टरमा रहेका सात जनाले कोरोनालाई जितेका छन् । २ जेष्ठमा भारतबाट नेपाल फर्किएका उनीहरुमा कोरोना पुष्टि भएपछि आइसोलेशनमा राखिएको थियो ।
कोरोनालाई जितेका सातै जनालाई गाउँपालिकाले प्रमाणपत्र दिएर बिदाई गरेको छ । कोरोना जितेर घर फर्किनेमा अधिकांश युवा छन् ।
विदाई कार्यक्रममा कोरोना जितेकाहरुले दरो आत्मबलले कोरोनालाई परास्त गरेको बताए । उनीहरुले कोरोना लागेको थाहा पाउँदा डर लागे पनि दह्रो आत्मबल बनाएको बताए ।
गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले कोरना संक्रमणलाई जिते पनि केहि दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिए । उनले आफूसँगै अरुलाई पनि जोगाउने दायित्व भएकोले परिवार र छिमेकमा धेरै हिड्डुल नगर्न आग्रह गरे ।
विदाई कार्यक्रममा उपाध्यक्ष शारदा रेग्मी विक, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
थप ४ जनामा कोरोना संक्रमण
बैजनाथ गाउँपालिका वडा नं. ३ का चार जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना जाँच गर्दा चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा सह–संयोजक लक्ष्मी रोकायाले जानकारी दिइन् । संक्रमितलाई बनकटुवा आइसोलेशन सेन्टरमा राखिएको उनले बताइन् ।

Previous articleरुकुम घटनाको विरोधमा ज्ञापनपत्र बुझाउने तयारी
Next articleमृतक युवकका परिवारलाई क्रिया खर्च बापत ५० हजार प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here