बाँके, २९ जेष्ठ ।
कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि नेपालगञ्ज मेडिकल कलेजका सह–निर्देशक डा. नितेश कनोडियाले एक लाख रुपैँया दिने भएका छन् । विहीवार नरैनापुर पुगेर उनले सहयोग स्वरुप युवकको परिवारलाई एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।
घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।