पिसिआर विधिबाट कोरोना जाँच गर्न माग

बाँके, २८ जेठ ।
बाँकेका क्वारेन्टाइनमा बसेकाहरुले पिसिआर विधिबाट कोरोना परीक्षण गर्न माग गरेका छन् । खजुरा गाउँपालिका सि गाउँस्थित अमर मावि क्वारेन्टाइन, योगिनी मावि क्वारेन्टाइन, भानु मावि उढरापुर र खजुरा गाउँपालिका–५, बसन्तापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय क्वारेन्टाइनमा रहेका सर्वसाधारणले पिसिआर विधिबाट कोरोना परीक्षण गरेर मात्र घर पठाउन माग गरेका हुन् ।
उनीहरुले आरडिटी विधिबाट कोरोना जाँच गर्नुको कुनै अर्थ नभएको बताउँदै सवैलाई सुरक्षित बनाउन पिसिआर विधिबाट कोरोना जाँच गर्नुपर्ने बताए । योगिनी मावि क्वारेन्टाइनमा रहेका अधवैँसेले क्वारेन्टाइनमा बस्नेले सामाजिक दूरी कायम नगरेपछि अलगै बसेको बताए । उनले भने, कोठामा बस्दा एक आपसमा छोइने र सँगै सुत्नुपर्ने भएकोले बेन्च जोडेर बाहिरै बस्ने र सुत्ने गरेको बताए ।
योगिनी मावि क्वारेन्टाइनमा तीन जना अलगै बस्छन् । उनीहरु साइकल स्टेन्डमा बस्दै आएका छन् । ‘हुलहालमा खाना खाने, सुत्ने र बस्न मजा नलागेकोले अलगै बस्ने निधो ग¥यौँ,’ अर्का एकजनाले भने ।
योगिनी मावि क्वारेन्टाइनमा बस्दै आएका उनीहरुले पनि आरडिटीको भर नभएकोले पिसिआर विधिबाट कोरोना परीक्षण गर्न माग गरे । उनीहरुले अरुलाई पनि सुरक्षित बनाउन पिसिआर विधिनै उत्तम हुने बताए । ‘कोरोना नियन्त्रणका लागि हामीलाई क्वारेन्टाइनमा राखिएको हो भने पिसिआर गरे मात्र घर पठाउने ब्यवस्था मिलाउनु पर्छ,’ क्वारेन्टाइनमा रहेका एक युवकले भने ।

Previous articleदैलेखका कृष्णको परिवारले पाए भारत सरकारबाट दुईलाख रुपैँया
Next articleबाँकेका क्वारेन्टाइन कोरोना प्रजनन् केन्द्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here