बाँके, २८ जेष्ठ ।
महाबु गाउँपालिका–४, दैलेखका कृष्ण शाहीको परिवारले भारत सरकारबाट क्षतिपूर्ती बापत रकम पाएका छन् । हिरासतमा रहेका बेला हिमाञ्चल प्रहरीको कुटाईबाट दुई बर्षअघि शाहीको प्रहरी कार्यालयमै मृत्यु भएको थियो । कामका लागि हिमाञ्चल रहेका बेला उनलाई हिमाञ्चल प्रहरीले पक्राउ गरि हिरासतमा राखेको थियो ।
हिरासतमा रहेका बेला मृत्यु भएमा क्षतिपूर्ती बापत रकम दिने भारतमा ब्यवस्था छ । सोही अनुसार शाहीको आमालाई भारत सरकारले दुई लाख नेपाली रुपैँया दिएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका रिकांग पिओ, किन्नौरका सचिव मिथुन सिंहले जानकारी दिए ।
उनले कृष्णका आमा चल्ली सिंहको दैलेखस्थित सिद्धार्थ बैंकको खातामा रुपैँया पठाएको बताए । कागजात पु¥याउन नसक्दा मानबहादुरको परिवारले क्षतिपूर्ती रकम पाउन ढिलाई भएको उनले बताए । रकमका लागि दुई बर्षदेखि धाइरहनु भएको थियो,’ उनले भने, दैलेखबाट कागजात मगाएर बल्लतल्ल रकम निकासा गर्न सफल भयौँ ।
उनले कृष्णका परिवारलाई सम्पर्क गर्न गाह्रो भएपछि बाँकेमा बसेर पत्रकारिता गर्दै आएका विश्वराज पछल्डङ्ग्याको सहयोगमा कागजात मगाएको बताए । नागरिकताको प्रतिलिपी, बैंक खाता नम्बर लगायतका कागजात मगाएर उहाँ (विश्वराज) ले पठाउन मद्दत गर्नु भयो,’ उनले भने, हामीलाई मात्र होइन, उहाँले मृतकका परिवारलाई ठूलो गुण लगाउनु भयो ।’
भारतबाट पठाएको रकम पाएको चल्लीले बताइन् । उनले बैँकमा आएको रकम झिकिसकेको बताउँदै लामो प्रयास पछि रकम पाएको बताइन् । कागजात नपुगेको भन्दै भारत सरकारले धेरै पटक फर्काई दियो,’ उनले भनिन्, रकम पाउने आशा मारिसकेका थियौँ ।’

