लकडाउनको कहरः माछा मारेर खाने हाम्रो रहर (फोटो फिचर)

बाँके, २६ जेष्ठ ।
कामबाट फुर्सद पाउना साथ फत्तेपुरका थारु महिला राप्ती नदीमा माछा मार्न पुग्छन् । यो चलन फत्तेपुरका थारु महिलाले मात्र गर्दैनन् । थारु समुदायका अधिकांश महिला–पुरुष फुर्सदको समयमा खोला, नदी, ताल, पोखरीमा गएर माछा मारेर खान्छन् ।
पुरुषले जाल हानेर र महिलाले हेल्का र टापीको सहायतामा माछा मार्छन् । लकडाउनको फाइदा उठाउँदै माछा मार्न आएको फत्तेपुरका थारु महिलाले बताए । घरको काम सकेर माछा मार्न आएको बताउँदै उनीहरुले माछा किनेर खाँदा ब्यर्थमा पैँसा फाले जस्तो लाग्ने गरेको बताए । आफै मारेर खाँदाको मजा बेग्लै हुन्छ,’ राप्तीसोनारी–६, मेहमानपुरकी सोमती थारुले भनिन् ।
थारु जाति प्राकृतिक स्रोत, साधनमा आश्रित भएकोले जल र जंगल नजिक बसोबास गरे । पानीमा पाइने माछा, घोंघी, गंगटा थारु जातिको मुख्य परिकार हो । मुसाको तरकारी र चटनी पनि थारु जातिले खाने गरेका छन् ।

Previous articleनयाँ दिल्लीमा मृत्यु भएका एक ब्यक्तिमा कोरोना पुष्टि
Next articleथप २० जना निको, डिस्चार्ज भए पनि फेरि आइसोलेशनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here