महेन्द्रमा रहेका २६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

बाँके, २६ जेष्ठ ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आरडीटी जाँच गरेका मध्ये २६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । क्याम्पसमा रहेका दुई सय जनामा आरडीटी जाँच गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
क्याम्पसमा भारतबाट आएका झण्डै पाँच सय मानिस छन् । यसअघि क्याम्पसमा २२ जेष्ठमा आरडीटी जाँच गर्दा १६ जनामा पोजेटिभ देखिएको थियो । ति १६ जना मध्ये तीन जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले आरडीटी पोजेटिभ आएका २६ जना र वडा नं. १ तथा १२ मा यसअघि पोजेटिभ देखिएकाको सम्पर्कमा रहेका ३० जनाको पिसीआर जाँचका लागि स्वाब लिएको छ । उपमहानगरपालिकाले आफैले भिटीएम खरिद गरेर स्वाब लिएको चन्दले जानकारी दिए ।

Previous articleकोरोना कहरमा पत्रकार जय सिंह केसीको मल्हम पट्टी अभियान
Next articleकिन गरियो शिक्षण अस्पताल सील ? संक्रमित महिला कसरी आइन ? सील गरिएपछि कस्तो छ अवस्था ? (फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here