कोरोना रिपोर्ट पोजेटिभ भएका तीन जना डिस्चार्ज

बाँके, २५ जेष्ठ ।
पहिलो चरणमा फेला परेका नरैनापुरका आठ मध्ये पाँच जना पनि घर फर्किएका छन् । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका थप पाँच जनालाई आइतवार डिस्चार्ज गरि घर पठाइएको हो ।
कोरोना पुष्टि भएको २३ दिनपछि पाँच जनालाई घर पठाइए पनि ति मध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको निर्देशिका बमोजिम उनीहरुलाई डिस्चार्ज गरि घर पठाइएको कोरोना अस्पताल दाङले जनाएको छ ।
आइसोलेसनमा १४ दिन बसेकाको कोरोना रिपोर्ट पोजेटिभ आए पनि घर पठाउने कोरोना स्वास्थ्य निर्देशिकामा उल्लेख छ । कोरोना संक्रमण भएको १४ दिनपछि भाइरस बृद्धि नहुने र भाइरस अरुमा पनि नसर्ने अनुसन्धानले देखाएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको पोजेटिभ आएको कोरोना विशेष अस्पतालका हेल्थ असिस्टेन्ट दोर्ण ओलीले बताए । तीन जनाको रिपोर्ट पोजिटिभ भए पनि उनीहरुमा कुनै लक्षण नभएको यनको भनाई छ ।
अस्पतालबाट डिस्चार्ज भएका सबैलाई १४ दिनसम्म घरमै बस्न र बाहिर घुलमिल नगर्न सुझाव दिइएको उनले बताए । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट पाँच जना घर फिर्ता भएसँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या ५१ पुगेको छ ।

Previous articleनेपालगन्जमा तीन दिन विद्युत अनियमित हुने (हेर्नुस तालिका)
Next articleजनता समाजवादी पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here