विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने कुन देशका कति ?

बाँके, जेष्ठ २५ ।
विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६०७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संसारभर ६९ लाख ६६ हजार ४१२ जना कोरोना भाइरसबाट संक्रमित छन् । त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ४ हजार ४१५ जना निको भएका छन् । अमेरिकामा १९ लाख ८८ हजार ४६१ संक्रमित भएका छन् भने एक लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ ।
यसैबीच ७ लाख ४८ हजार ६८७ निको भएर फर्किएका छन् । ब्राजिलमा ६ लाख ७३ हजार ५८७ जना संक्रमित भएका छन् भने ३५ हजार ९५७ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख २ हजार ८४ जना निको भएका छन् ।
रसियामा अहिलेसम्म ४ लाख ५८ हजार ६८९ जना संक्रमित भएका छन् भने ५ हजार ७२५ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म २ लाख २१ हजार ३८८ जना निको भएका छन् । बेलायतमा अहिलेसम्म २ लाख ८४ हजार ८६८ कुल संक्रमित भएका छन् भने ४० हजार ४६५ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२२ जना संक्रमित भएका छन् भने ६ हजार ९४६ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म एक लाख १८ हजार ६९५ जना ठीक भएर घर फर्किएका छन् । इटालीमा २ लाख ३४ हजार ८०१ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८४६ जनाको मृत्यु भएको छ ।
यसैबीच एक लाख ६५ हजार ७८ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ५३ हजार ६३४ कुल संक्रमित भएका छन् भने २९ हजार १४२ जनाको मृत्यु भएको छ ।
यसैबीच ७० हजार ८०६ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ८८ हजार ३९० कुल संक्रमित भएका छन् भने २७ हजार १३५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा एक लाख १० हजार २६ जना संक्रमित भएका छन् भने १३ हजार १७० जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ७८ हजार ५९० जना निको भएर फर्किएका छन् ।
बेल्जियममा ५९ हजार ७२ कुल संक्रमित भएका छन् भने ९ हजार ५८० जनाको मृत्यु भएको छ । यसैबीच १६ हजार १९० जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ८५ हजार ६९६ कुल संक्रमित भएका छन् भने ८ हजार ७६९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६८ हजार ९०० जना निको भएर फर्किएका छन्। विश्वमा ५३ हजार भन्दा धेरैको अवस्था गम्भीर छ ।

Previous articleबाई–बाई नेपालगन्ज, मरे त यत्तिकै बाँचे भेट होला
Next articleखुल्यो मालपोत तथा भूमिसुधार कार्यालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here