भक्तजनको पर्खाईमा बागेश्वरी मन्दीर (फोटो फिचर)

बाँके, २५ जेष्ठ ।
कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गरि सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि नेपालगन्जस्थित बागेश्वरी मन्दीरको देवी देवताले पनि श्रद्धालु पाएका छैनन् । साढे दुई महिनादेखि भक्तजनलाई प्रवेश निषेध गरिए पछि बागेश्वरी मन्दीर परिसर सुनसान छ ।दशैँ, चैते दशैँ, शिवरात्री, कृष्णजन्माष्टमी, तीज लगायतका चाडपर्वमा श्रद्धालुको भीड लाग्ने गरेको छ । तर पनि दैनिक सरदर ५–६ सय श्रद्धालु भक्तजन बागेश्वरी माताको पूजा गर्न आउने गरेका थिए ।


मन्दीरका पश्चिम र पूर्वको प्रवेशद्वारमा ताला लगाइएको छ । भने, तलाउको बिच भागमा अवस्थित जुंगे महादेव मन्दीर जाने मुख्यद्वारमा पनि ताला लागेको छ । मन्दीरमा सर्वसाधारण श्रद्धालुको भीडभाड लाग्ने भएकोले सरकारको नीति अनुसार प्रवेश निषेध गरिएको मन्दीरका मुल महन्थ चन्द्रनाथ योगीले बताए ।
सर्वसाधारणका लागि प्रवेश निषेध गरिए पनि दिनको दुई पटक बागेश्वरी मन्दीरमा पूजा हुने गरेको उनले बताए । बागेश्वरी मन्दीमा विहान ३–४०ः३० बजेको विचमा नित्य–नैनित्य (पारम्परिक पूजा) र बेलुकी सूर्यास्तपछि गरि हरेक दिन दुई पटक पूजा हुँदै आएको छ,’ उनले भने ।
उनले सर्वसाधारणका लागि दर्शन बन्द गरिए पनि नियमित रुपमा हुने पूजापाठ जारी रहेको बताए । बागेश्वरी माताको पूजा गर्न चाहने सर्वसाधारणले पर्खाल बाहिरबाट पूजापाठ गरि प्रसाद चढाउने गरेको उनले बताए । उनले मुलद्वारमा बसेर सर्वसाधारणले बागेश्वरी माताको दर्शन गरि प्रसाद चढाउँदै आएको बताए ।
बागेश्वरी मन्दीरमा भारतको विभिन्न प्रदेश र शहरबाट समेत ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।

Previous articleखुल्यो मालपोत तथा भूमिसुधार कार्यालय
Next articleनेपालगन्जमा तीन दिन विद्युत अनियमित हुने (हेर्नुस तालिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here