खुल्यो मालपोत तथा भूमिसुधार कार्यालय

बाँके, जेष्ठ २५ ।
आइतवार आजबाट देशभरका मालपोत तथा भूमिसुधार कार्यालय खुल्ने भएका छन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण ११ चैतदेखि बन्द भएका मालपोत कार्यालय साढे दुई महिनापछि आइतवारबाट खुल्ने भएका हुन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचनामार्फत आइतवारदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको छ । विभागका अनुसार सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै मालपोत कार्यालय खोल्न लागिएको हो ।
ती कार्यालयहरूले आवश्यक स्वास्थ्य तथा सामाजिक सुरक्षाका सावधानी अपनाएर सेवा सञ्चालन गर्नेछन् ।

Previous articleविश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने कुन देशका कति ?
Next articleभक्तजनको पर्खाईमा बागेश्वरी मन्दीर (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here