बाई–बाई नेपालगन्ज, मरे त यत्तिकै बाँचे भेट होला

बाँके, २३ जेष्ठ ।
नेपालगन्ज नाकाबाट झण्डै ७५ हजार भारतीय स्वदेश फर्किएका छन् । कामको शिलशिलामा नेपालका विभिन्न ठाउँमा आएर बसेका नेपाली कोरोनाका कारण लकडाउन गरिएपछि काम गर्न नपाएर आफ्नो देश फर्किएका हुन् ।
बालबच्चा सहित नेपाल आएर रोजगारी गर्दै आएका भारतीय फर्किने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए ।
फर्किने क्रममा उनीहरुले नेपाल र नेपालीलाई धन्यवाद दिँदै नेपालगन्जलाई बाई–बाई गरे । नेपालमा बर्षौँसम्म बसेका भारतीय समेत आफूले प्रयोग गर्ने ओढ्ने, ओछ्याउने लिएर गएका छन् ।

Previous article‘संक्रमणभन्दा संक्रमित शब्दले पीडा दिन्छ’
Next articleविश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने कुन देशका कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here