पति–पत्नीले जिते कोरोना

बाँके, २४ जेष्ठ ।
पति–पत्नीले एकसाथ कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र बाँकेका पुराना पत्रकारले कोरोना जितेपछि शनिबार घर फर्किएका हुन् । स्वास्थ्यकर्मी र पत्रकार पति–पत्नी हुन् ।
उनीहरुसँगै नरैनापुरमा कार्यरत प्रहरी पनि कोरोना जितेर डिस्चार्ज भएका छन् । पति–पत्नीले र स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका नरैनापुरका थप एक जना पनि शनिबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
यो सँगै बाँकेमा कोरोना जित्नेको संख्या ४६ पुगेको छ । भने बाँकेमा कोरोनाका कारण क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यू भएको छ । मृतक नरैनापुरका हुन् ।

Previous articleएक बर्षदेखि उठ्न नसकेको भेरी अस्पतालको फोहर अध्यक्षको सक्रियतामा उठाउन सुरु (फोटो फिचर)
Next articleथप दुईको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here