भारतबाट फर्किएका नेपालीको बेदनाः स्वदेश फर्किन पाइएला भन्ने सोँचेका समेत थिएनौँ

बाँके, २३ जेष्ठ ।
मजदुरीको शिलशिलामा भारतको हिमाञ्चल प्रदेशको सिम्लास्थित स्याउ बगैचामा काम गर्ने क्रममा रुखबाट खसेर सख्त घाइते भएकी दंगीशरण गाउँपालिका–२, बंगलापुर, दाङकी सरिता ओलीलाई नेपाल फर्किन पाइएला भन्ने लागेको थिएन । स्याउ टिप्ने क्रममा सन् २९ सेप्टेम्बर, २०१९ मा उनी रुखबाट लडेर सख्त घाइते भइन् ।
रुखबाट खसेपछि घाँटीको पछिल्ला भागको हड्डी भाँचियो । सोही दिन उनलाई नेपालीको सहयोगमा आफन्तले सिम्लास्थित इन्दिरा गान्धी मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरे । झण्डै ६ महिना लामो उपचार पछि उनलाई अस्पतालले डिस्चार्ज ग¥यो, तर उनको टाउको चल्दैन ।
उपचारका क्रममा दुई लाख ५० हजार भारतीय रुपैँया खर्च भयो । घाँटीको हड्डीको शल्यक्रिया गरेर निको भए पनि नशा च्यापिएकोले अहिलेसम्म घाँटी नचलेको सरिताका पती हिमाल ओलीले बताए ।
उपचारमा रहेकै बेला लकडाउन सुरु भयो । त्यसैमा अस्पतालले डिस्चार्ज गरेर घर पठायो । हिमाञ्चल प्रदेशले आफ्नो प्रदेशबाट बाहिर जान नपाइने नियम बनाएपछि खान, लाउन र बस्न समस्या भयो । त्यसपछि उनको परिवार अलपत्रमा प¥यो । साथीभाईसँग ऋण, सापट गरेको रुपैँया उपचारमा सकिएपछि परिवारका सदस्यले धेरै दिन खान नपाएको उनले सुनाए ।
उपचार गराएर भएभरको रुपैँया सकियो । लकडाउनले काम गर्न पनि नपाइने भएपछि अलपत्र परेको उनले बताए । ‘लकडाउनले घर आउन नपाउने भएपछि खान नपाएर सिम्लामै मरिने भयो भन्ने लागेको थियो,’ असक्त पत्नीलाई आउने क्रममा नेपालगन्ज नाकामा भेटिएका हिमालले भने ।


उपचार खर्च त के फोन समेत उठाएनन्
स्याउको रुखबाट खसेर सख्त घाइते भएपछि पनि मालिकले उपचार खर्च नदिएको उनले बताए । घाइते भएर अस्पताल भर्ना भएको बेला समेत स्याउ बगैचा मालिक भेट्न नगएको उनले गुनासो गरे । ‘उपचार खर्च त के एक पटक भेट्न पनि गएन । यहाँसम्मकी हाम्रो फोन समेत उसले उठाएन,’ उनले भने, ‘फोन उठाएर हालचाल बुझेको भए पनि धेरै खुसी हुन्थेँ ।’
ओली बंश समाजको सहयोगमा स्वदेश फर्किए
पैँसा नभएर नेपाल आउन नसकेपछि सरिताको परिवारलाई ओली बंश केन्द्रीय समाजका अध्यक्ष हरि ओलीको पहलमा ल्याइएको छ । अध्यक्ष हरिको पहलमा दाङ घर भई हाल नेपालगन्ज बस्दै आएका भद्रबहादुर ओलीको सक्रियतामा नेपाल आउन सम्भव भएको उनले बताए । ‘नेपाल आउन पाइएला भन्ने सोँचेकै थिएन । केन्द्रीय अध्यक्ष हरि र यातायात ब्यवसायी समेत रहेका भद्रबहादुरको सक्रियतामा नेपाल आउन पाइयो,’ हिमालले भने, ‘दुखमा परेकालाई सहयोग गर्नु नै मानविय धर्म हो भन्ने लागेर सरिता सहित उनका परिवारलाई नेपाल ल्याउन पहल गरेँ,’ उनले भने ।


बहादुर भन्दै काम लिन्छन्, अपठेरोमा साथ दिँदैनन्
नाकामा आएका हिमाललाई दंगीशरण गाउँपालिकाले एम्बुलेन्स पठाएर घरसम्म पु¥याएको छ । नेपालगन्ज पुगेपछि घर पुगे जस्तै लागेको उनले बताए ।
मजदुरीका लागि भारत गएका नेपालीले काम पाए पनि सम्मान नपाएको उनले बताए । भारतमा नेपालीले कुकुरले नपाउने दुख पाउने गरेको बताउँदै दुर्घटना विमा नहुँदा उपचार नपाएर मर्ने गरेको बताए । परिश्रम अनुसारको पारिश्रमिक नपाउने गरेको बताउँदै उनले विरामी हुँदा सिटामोल र तातो पानी पनि पाउन मुस्किल पर्ने गरेको बताए । ‘बहादुर भन्दै काम लिन्छन्, तर दुख विरामी परेको बेला सिटामोल किन्ने रुपैँया समेत दिँदैनन्,’ हिमालले भने ।

Previous articleएकैदिन २७८ संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ सय १२ पुग्यो
Next articleएक बर्षदेखि उठ्न नसकेको भेरी अस्पतालको फोहर अध्यक्षको सक्रियतामा उठाउन सुरु (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here