भारतबाट आउने घटे, जमुनाह नाका जाने सवारी साधन बढे (फोटो फिचर)

बाँके, २३ जेष्ठ ।
सरकारले भारतमा रहेका नेपालीलाई ल्याउने आधिकारिक निर्णय गरेको छैन । तर, ७ जेष्ठदेखि भारतबाट आउने नेपालीको नाकामा घुइँचो लाग्ने गरेको छ । पहिले स्थानीय तहको सिफारिसमा भारतबाट आएकालाई पठाउने गरिए पनि अहिले यातायात ब्यवसायीले आफूखुसी लैजाने गरेका छन् ।
आफूखुसी लैजान थालेपछि नेपाल–भारत जमुनाह नाकामा सवारी साधनको लामो लाइन लाग्ने गरेको छ । एकै दिन डेढ सय भन्दा धेरै सवारी साधन नेपालगन्ज नाकाको जमुनाह पुग्ने गरेको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए ।


रिजालका अनुसार, भारतबाट फर्किने नेपालीलाई लिन बस, माइक्रो, फोर्स माइक्रो, जिप लगायतका सवारी साधन रुपईडिहा पुग्ने गरेका छन् । सकभर एउटा जिल्लाकालाई एउटा सवारी साधनमा बसाल्ने गरिन्छ । एउटा बस वा हाइसको सिट खाली भयो भने पायक पर्ने जिल्लाका मानिसलाई पनि राख्न दिइन्छ,’ उनले भने ।
जमुनाह नाका पुगेका सवारी साधन अवेर रातसम्म पालो कुरेर बस्ने गरेको उनले बताए । भारतबाट आउने संख्या कम भएको छ, तर लिन आउने सवारी साधन दिनदिनै बढ्दै गएका छन्,’ रिजालले भने ।

Previous articleआज अटो मोबाइल्स, कोल्ड स्टोर, मोटरसाइकल र साइकलका पसल खुल्ने
Next articleनरैनापुरका थप १२ जनाले जिते कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here