काठ्माडौँ, २३ जेष्ठ ।
नेपालमा शुक्रबार एकै दिन २७८ जना संक्रमित थपिएपछि देशभर संक्रमितको संख्या दुई हजार नौँ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका ६८ जिल्लामा कोरोना फैलिएको बताए ।
मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा ११ जना महिला छन् । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १५ जनामा पोजेटिभ आएको छ । जसमा सुनरीका आठ जना, झापाका गौरादहका एक, मोरङ रतुवामाईका ६ जना छन् ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा पोजेटिभ आएको छ । जसमा अर्घाखाँचीका एक, नवलपारसीका दुई, पाल्पाका एक र रुपन्देही सैनमौनका १७ जना छन् । किट पतंग परीक्षण केन्द्र हेटौंडामा गरिएको परीक्षणमा सिन्धुलीका दुई जनामा कोरोना देखिएको छ ।
त्यस्तै बाराकाको गढी गाउँपालिकाका दुई जनामा पनि कोरोना देखिएको छ । कोशी अञ्चल अस्पतालमा २ जना संक्रमित देखिएका छन् । बीपी प्रतिष्ठान धरानमा १९ जना संक्रमित भेटिएका छन् । जसमा भोजपुरको षडानन्द नगरपालिकाका ५ जना छन् ।
त्यस्तै झापा गौरगिञ्जका एक जना छन् । सुनसरी हरिनगरा र बराहा क्षेत्रका १३ भेटिएका छन् । धनगढीके सेती अस्पतालमा ११ जना संक्रमित भेटिएका छन् । अछामको साफेबगराका एक जना, बझाङका एक, डडेलधुराको गन्यापधुराका पाँच जनामा पनि संक्रमण पुष्टि भएको छ ।
धुलिखेलमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण देखिएको छ । जसमा रामेछापका १७ जना छन् । त्यस्तै काभ्रेको रोषी र पनौतीका पाँच जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालमा १० जनामा संक्रमण देखिएको । जहाँ झापा कचनाकवलका सबै पुरुष संक्रमित भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको पोजेटिभ आएको छ । जसमा दैलेखको दुल्लु र कालिकोटको महाबैका ९० जना रहेका छन् ।
त्यसैगरी जुम्ला चन्दननाथका तीनजना, हुम्ला चंखेली जुम्लामा कार्यरत १ जना, दोलखा स्थायी ठेगाना भई जुम्लामा कार्यरत एक जना, रामेछाप घर भइ जुम्लामै कार्यरत एक जना, जुम्लामै कार्यरत गोरखाका एक जना रहेका छन् ।
राप्ती विज्ञान प्रतिष्ठान दाङमा दुई जनाको पोजेटिभ आएको छ । जसमा एकजना सुर्खेत र दाङ लमहीका एकजना छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ। जहाँ बारा विश्रामपुरका एक जना, धनुषाका ४ जना छन् । गुल्मी चन्द्रकोट स्थायी ठेगाना भई काठमाडौंको निजी अस्पतालमा उपचाररत एक जना, कपिलवस्तु यशोधराका ४४ जना, कास्की स्थायी ठेगना काठमाडौंमा उपचाररत एकजना, महोत्तरी जलेश्वरका १७ जना र रौतहटको गुजरा क्वारेन्टाइनमा रहेका ६ जना कोरोना पुष्टि भएको छ ।