आज अटो मोबाइल्स, कोल्ड स्टोर, मोटरसाइकल र साइकलका पसल खुल्ने

Car types vector flat icons. Automobile models icons set

बाँके, २३ जेष्ठ ।
आज शुक्रवार । आज बाँकेमा अटो मोबाइल्स, कोल्ड स्टोर, मोटरसाइकल र साइकलका पसल संचालनमा आउने भएका छन् । बाँके प्रशासनले बार अनुसार ब्यवसाय संचालन गर्न दिने गरेको निर्णय अनुसार आज शुक्रवार यी ब्यवसायका पसल संचालनमा आउने भएका हुन् ।
प्रशासनले जारी गरेको सूचना अनुसार अब हरेक आइतबार र बुधबार मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा पसल संचालन गर्न पाइने भएको छ ।
त्यसैगरी सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल संचालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
औषधी पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा विउविजनका पसल हरेक दिन संचालन गर्न पाइने भएको छ । बार अनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको प्रशासनले अघिल्लो निर्णय बमोजिम बिहान ११–३ बजेसम्म मात्र संचालन गर्न पाइने छ ।
त्यसैगरि, बैंक तथा वित्तिय संस्था सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खुल्ला रहने बाँके प्रशासनले जनाएको छ ।

Previous articleभारतबाट फर्किने नेपालीलाई नाकामा तयारी खानाको ब्यवस्था
Next articleभारतबाट आउने घटे, जमुनाह नाका जाने सवारी साधन बढे (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here