आज कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल खुल्ने

बाँके, २१ जेष्ठ ।
आज बाँकेका कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल खुल्ने भएका छन् । सर्वदलिय, सर्वपक्षिय बैठकले सोमवार र विहीवार कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल संचालन गर्न दिने निर्णय गरेपछि आज यी ब्यवसाय संचालनमा आउने भएका हुन् ।
सर्वसाधारणको मागलाई मध्यनजर गरि बाँके प्रशासनले बार अनुसार ब्यवसाय संचालन गर्न दिने गरेको हो । लकडाउनलाई ब्यवस्थित गरि ब्यवसाय संचालन गर्न दिने निर्णय अनुसार आज कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
बुधवार बसेको सर्वदलिय, सर्वपक्षित बैठकले दिएको सुझावका आधारमा प्रशासनले बार अनुसार फरक–फरक ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको उनले बताए । प्रशासनले जारी गरेको सूचना अनुसार अब हरेक आइतबार र बुधबार मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा पसल संचालन गर्न पाइने भएको छ ।
त्यसैगरी सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल संचालन गर्न दिने निर्णय भएको सहायक प्रजिअ प्याकुरेलले बताए । ‘मंगलबार र शुक्रबार अटो मोबाइल्स, कोल्ड स्टोर, मोटरसाईकल तथा अन्य पसलहरु संचालन गर्न प्रशासनले छुट दिने निर्णय भएको छ,’ उनले भने, ‘औषधी पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा विउविजनका पसलल हरेक दिन संचालन गर्न पाइने निर्णय भएको छ ।’
बार अनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको प्रशासनले अघिल्लो निर्णय बमोजिम बिहान ११–३ बजेसम्म मात्र पसल खुल्न पाउने छन् । त्यसैगरि, बैंक तथा वित्तिय संस्था सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खुल्ला रहने बाँके प्रशासनले जनाएको छ ।

Previous articleबारगत रुपमा ब्यवसाय संचालन गर्न दिने बाँके प्रशासनको निर्णय
Next articleनेपालगन्जका उद्योगी, ब्यवसायीद्वारा प्लेकार्ड सहित प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here