नेपालगन्जका उद्योगी, ब्यवसायीद्वारा प्लेकार्ड सहित प्रदर्शन

बाँके, २२ जेष्ठ ।
नेपालगन्जका उद्योगी, ब्यवसायीले नेपालगन्जमा प्रदर्शन गरेका छन् । सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उद्योगी, ब्यवसायीले विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
२५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरे पनि पर्याप्त नभएको भन्दै संघले आज विहीवार प्ले कार्ड सहित उद्योग, पसल, कार्यालय अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न आग्रह गरेको थियो ।
प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका उद्योगी, ब्यवसायीले तीन महिनादेखि ब्यापार, ब्यवसाय ठप्प भएकोले उक्त समयको कर महशुल मिनाह गर्न माग गरे । प्रदर्शनका क्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले ब्यापार, ब्यवसाय बन्द भएको समयको कर तथा अन्य शुल्क मिनाह गरि धरासायी भएको ब्यापार, ब्यवसायलाई उठाउन सरकारसँग माग गरे ।
यसअघि संघले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्री यूवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको थियो ।
त्यसपछि उद्योगी, व्यवसायीसँग छलफल गरि आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तिय नीति मार्पmत बैंक ब्याज मिनाह, सहुलियत तथा छुट सम्बोधन गर्न समेत माग गरेको छ ।
लकडाउन अवधि भरलाई शुन्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तिन महिना पछि तिर्ने व्यवस्था गर्नुपर्ने माग अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरे । उनले उद्योग, व्यवसाय सञ्चालन नहुँदा आय आर्जन ठप्प भएको समयमा ७ असार भित्र तोकेको मितिमा कर बुझाउन उद्योगी, व्यवसायी पूर्णतः असमर्थ भएको जिकिर गरे ।

Previous articleआज कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल खुल्ने
Next articleएकातिर पसल खुला, अर्कोतिर हिड्डुलमा कडाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here