बाँके, २२ जेष्ठ ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप एकको मृत्यु भएसँगै मृतकको संख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
पूर्वखोला–२, जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ति पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।