बाँके, २२ जेष्ठ ।
बार अनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको बाँके प्रशासनले लकडाउनलाई कडाई गरेको छ । बाँकेको प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका रामबहादुर कुरुम्बाङले अनावश्यक कामका लागि हिड्डुलमा कडाई गरेका छन् ।
प्रशासनको निर्देशनमा नेपालगन्जका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मीले के परियोजनको लागि बजार जान लागेको भन्ने सोधपुछ गरेर मात्र सर्वसाधारणलाई हिड्डुल गर्न दिएका छन् । अनवश्यक काममा बजार जानेहरुलाई रोकेर सुरक्षाकर्मीले सवारी साधनको चावी लिएर दिनभर राख्ने गरेका छन् ।
सुरक्षाकर्मीले मोटरसाइकल, रिक्सा, अटोरिक्सा, साइकल संचालनमा कडाई गरेका छन् । अनावश्यक कामका लागि बजार जाने क्रम बढेपछि सवारी साधनको चावी नियन्त्रणमा लिएर दिनभर राख्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

