राप्तीसोनारीका २८९ जना क्वारेन्टाइनमा र आइसोलेशनमा २२ जना

बाँके, २० जेष्ठ ।
राप्ती सोनारी गाउँपालिकाका २२ जना आइसोलेशनमा बसेका छन् । कोरोना पोजेटिभ देखिएका विभिन्न वडाका २२ जना गाउँपालिकाले संचालन गरेको विभिन्न आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
उनले गाउँपालिका भित्र स्थापना गरिएका क्वारेन्टाइनमा दुई सय ८९ जना बसिरहेको बताए । उनका अनुसार, वडा नं. १ मा चार जना क्वारेन्टाइनमा र एक जना आइसोलेशनमा रहेका छन् । भने पाँच जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरि, वडा नं. २ मा ३५ जना, वडा नं. ३ का ३० जना क्वारेन्टाइनमा र चार जना आइसोलेशनमा छन् । सोही वडाका १८ जनाको आरडिटी र चार जनाको पिसिआर विधिबाट कोरोना जाँच भएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताए । उनले वडा नं. ५ का ११३ जना क्वारेन्टाइनमा रहेको बताउँदै वडा नं. ६ का ७७ जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेर स्वास्थ्यलाभ गरिरहेको जानकारी दिए ।
उनका अनुसार वडा नं. ७ मा १३ जना क्वारेन्टाइनमा र १३ जना आइसोलेशनमा रहेका छन् । भने, वडा नं. ८ का २३ जना क्वारेन्टाइनमा र तीन जना आइसोलेशनमा तथा वडा नं. ९ का ५३ जना क्वारेन्टाइनमा र एक जना आइसोलेशनमा रहेका छन् । अहिलेसम्म सवैको स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै उनले क्वारेन्टाइनमा रहेका र कन्ट्रयाक्ट ट्रेसिङको आधारमा पिसिआर र आरडिटी विधिबाट कोरोना जाँच भइरहेको बताए ।

Previous articleनेपालगन्ज उद्योग बाणिज्य संघ आन्दोलित
Next articleबारगत रुपमा ब्यवसाय संचालन गर्न दिने बाँके प्रशासनको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here