नेपालगन्ज उद्योग बाणिज्य संघ आन्दोलित

बाँके, २१ जेष्ठ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहत घोषणा गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । २५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरे पनि अपर्याप्त भएको संघले निष्कर्ष निकालेको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्री यूवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको संघले आफ्नो मागका बारेमा जानकारी गराउँदै आन्दोलनको घोषणा गरेको छ । संघले बिहीवार बिहान ९–१० बजेसम्म कर तिर्न नसक्ने ब्यहोरा सहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाट बिरोध प्रदर्शन गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेको छ ।
त्यसपछि उद्योगी, व्यवसायीसँग छलफल गरि आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तिय नीति मार्पmत बैंक ब्याज मिनाह, सहुलियत तथा छुट सम्बोधन गर्न समेत माग गरेको छ ।
लकडाउन अवधि भरलाई शुन्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तिन महिना पछि तिर्ने व्यवस्था गर्नुपर्ने माग समेत गरेको महासचिव चिरञ्जीवी ओलीले बताए । उनले उद्योग, व्यवसाय सञ्चालन नहुँदा आय आर्जन ठप्प भएको समयमा ७ असार भित्र तोकेको मितिमा कर बुझाउन उद्योगी, व्यवसायी पूर्णतः असमर्थ भएको बताए ।
अहिलेकै परिस्थितीमा कुनै पनि हालतमा कर दाखिला गर्न नसकिने बताउँदै संघले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागको कर विवरण तथा कर बुझाउने सम्बन्धि सार्वजनिक सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Previous articleश्रमिकसँगै १० हजार घोडा, खच्चड भारत फर्किए
Next articleराप्तीसोनारीका २८९ जना क्वारेन्टाइनमा र आइसोलेशनमा २२ जना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here