तीन दिनसम्म भारी बर्षा हुने मौसमविद्को पूर्वानुमान

बाँके, २१ जेष्ठ ।
नेपालमा भोली बिहीबारदेखि वर्षा हुने मौसमविद्ले बताएका छन् । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले आज दिउँसोबाट बादल देखिने र भोलीदेखि तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापिय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीको भनाई छ । चक्रवातको प्रभावले भारतमा वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेको विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, बर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।
नेपालमा भोली मध्यम खालको वर्षा हुने र शुक्रबार तथा शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार मनसुन भारतको केरला प्रवेश गरिसकेकाले जेष्ठ मसान्तअघि नै नेपालमा मनसुन सुरु हुने भएको छ । मौसमविद्का अनुसार, आज बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

Previous articleअस्पताल परिसरमा पान र गुट्खा नियन्त्रण पहिलो प्राथमिकताः अध्यक्ष धिताल
Next articleश्रमिकसँगै १० हजार घोडा, खच्चड भारत फर्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here